आज विश्वकर्मा पूजा: सवारी साधन, मेसिनरी उपकरणको पूजा गरि मनाईदै
  • जरूवाखबर

  • पोखरा, १ असोज । आज ‘विश्वकर्मा पूजा’ सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी  मनाइँदै छ।

    प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका दिन विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन छ। यस अवसरमा सवारीसाधन, मेसिनरी उपकरण तथा औजारहरूको समेत पूजा गरिन्छ।

    कलकारखाना तथा उद्योगहरूलाई विशेष रूपमा सजाएर मजदुर तथा कर्मचारीलाई समेत सहभागी गराई पूजा गर्ने गरिन्छ। पूजा गरिएका विश्वकर्माको मूर्ति भोलिपल्ट नदी तथा जलाशयमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ।

  • १ आश्विन २०८३, बिहीबार ०९:३२ प्रकाशित