पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई
  • जरूवाखबर

  • पोखरा, १ असोज । अग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ‘रेवान’ पोखराले आयोजना गर्ने २८औँ पोखरा सडक महोत्सवको संयोजकमा योगेश भट्टराई चयन भएका छन् ।

    रेवानको बिहीबार बसेको बैठकले रेवान पोखराका द्वितीय उपाध्यक्ष योगेश भट्टराईलाई सर्वसम्मत चयन गरेको महासचिब विरेन्द्र शेरचनले जानकारी दिए । पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सहित पुस १३ गतेदेखि १७ गतेसम्म लेकसाइड क्षेत्रमा सडक महोत्सव आयोजना हुँदै आएको छ ।

    करिब साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने २८औँ संस्करणको महोत्सवले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ।

    रेवान पोखराको आयोजनामा ‘सडक मै खाऊँ, सडक मै नाचौँ, सडक मै रमाऊँ’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले खाना, संस्कृति र संगीतलाई एकै स्थानमा प्रवद्र्धन गर्दै आएको छ ।

    त्यसै गरी असोज ११ गते आयोजना हुन विश्व पर्यटन दिवस मिनि सडक महोत्सवको संयोजकमा रेवान पोखराका कार्यसमिति सदस्य कृष्ण अधिकारी चयन गरेको छ । अधिकारीको नेतृत्वमा मिनी सडक महोत्सव सञ्चालन गरिनेछ।

     

  • १ आश्विन २०८३, बिहीबार २१:२८ प्रकाशित