पोखरा, २२ असोज । ताङतिङ दुधपोखरी तमु समाज पोखराले बुधबार स्वागत, सम्मान तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो । समाजद्धारा एक कार्यक्रमका बीच तमू धिं नेपालका नवनिर्वाचित अ्रध्यक्ष लगायत अन्य पदाधिकारी तथा तमु प्ये ल्हु संघका पदाधिकारी एवम् खेगीहरुलाई सम्मान गरिएको थियो ।
तमुधिं नेपालको हालै सम्पन्न १७ औं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका सुवेदार मेजर श्रीप्रसाद गुरूङ, उपाध्यक्ष अधिवक्ता जुनाकुमारी गुरूङ ज्यू , तमुधि नेपाल केन्द्रीय आमा समितिका वरिष्ठ उपाध्यक्ष बालकुमारी गुरूङका साथै तमु प्ये ल्हु सघं केन्द्रीय वरिष्ठ उपाध्यक्ष एकाजङ गुरूङ र ताङतिङ गाउँका पच्यू ‘खेगी गुरू’ केश बहादुर गुरूङलाई समाजमा स्वागत तथा सम्मान गरिएको थियो ।

यसैगरी समाजको १० औं अधिवेशनबाट निर्वाचित कार्यसमिति, उपसमिति र सल्लाहकारहरूलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । अघिल्लो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि धन्यवादसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा पत्रकार एवं प्रशिक्षक रीता गुरूङले समितिका पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी र काम कर्तव्यका बारेमा प्रशिक्षण दिएकी थिईन् ।
समाजका अध्यक्ष चन्द्रमाया गुरूङको अध्यक्षता र समाजका संरक्षक देबीजङ गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुमारी गुरूङले स्वागत मन्तव्य र सचिव सु.मे.अ.क्या. मन्त्री जङ गुरूङ कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा समाजका कार्यसमिति, महिलाउपसमिति र युवा उपसमितिका कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।







