एमाले पोखरा-५ को शुभकामना आदान प्रदान कार्यक्रम
  • जरूवाखबर

  • पोखरा, २५ असेज । विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको पूर्वसन्ध्यामा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ को आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

    रबिन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेता राजीव पहारी,प्रदेश कमिटी सदस्य अन्जु के.सी., जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडा कमिटी ५ का इन्चार्ज उज्वल खत्री लगायतसे शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बोल्दै नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

  • २५ आश्विन २०८३, आईतवार १५:०१ प्रकाशित