पोखरा, ११ कार्तिक । पोखराको न्यूरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्छयू।
मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ घर ढिकुरपोखरीका २८ वर्षका आशिष कुँवर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग१६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भइ सडकमा पल्टिँदा कुँवर गम्भीर घाइते भएका थिए। हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्ने कुँवरको टाउकोमा चोट लागेको थियो।
गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज (जीएमसी) लगिएकोमा उपचारकै क्रममा बिहान ५:३० बजे मृत्यु भएको हो।
स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबाँस घर भई हाल पोखरा महानगरपालिका–८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा रहेको जनाइएको छ।
प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।घटनाबारे थप विवरण भने आउन बाँकी छ।





