सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्यले गरे पदवहाली
  • जरूवाखबर

  • काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बुधबार पदवहाली गरेका छन्।

    सोमबार सर्वोच्चले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेपछि शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्स्थापित भएका हुन्।

    सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
    जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो।

    अन्तरिम सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

  • २५ मंसिर २०८२, बुधबार २२:१९ प्रकाशित