निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली प्रकाशन

यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिए, जम्मा मतदाता संख्या १ करोड ८९ लाख

  • जरूवाखबर

  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

    मतदाता नामावली ऐन २०७३ को दफा २० बमोजिम आयोगबाट शनिबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो।

    गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ।

    मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।

    आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्।

  • १२ पुष २०८२, शनिबार २०:५७ प्रकाशित