गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ धुमधामका साथ मनाईयो ‘तस्विरहरु’
  • जरूवाखबर

  • पोखरा। गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार धुमधामका साथ मनाईएको छ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाइएको हो ।

    ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । १२ वटा ल्हो वर्ग हुने र सो वर्ग वर्षमा एक वटा फेरिने बताईन्छ ।

    यो वर्ष ‘सर्प वर्ग’लाई विदाई गरी ‘घोडा वर्ग’लाई स्वागत गरिएको छ । पोखरामा तमु पे ल्हु संघ, तमु ह्यूला छोंच धिं र तमु धिंले विविध कार्यक्रमको आयोजना गरी ल्होसार भव्य रुपमा मनाएका छन् ।

     

  • १७ पुष २०८२, बिहीबार २०:०५ प्रकाशित