काठमाडौँ । आगामी माघ ३ गतेदेखि निर्वाचन आयोगले निर्वाचनका लागि आचारसंहिता जारी गर्ने भएको छ ।
आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरुसँग छलफल गर्दै यस्तो जानकारी गराएको हो ।
आयोगले निर्वाचनको तयारी तीव्र गतिमा काम गरेको भन्दै आयोग हालसम्मको प्रगतिका विषयमा जानकारी गराएको थियो ।
बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालका साथै आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो ।






