रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको घिसिङको आरोप
  • जरूवाखबर

  • काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गरेर आफूले क्षति बेहोरेको  बताएका छन् ।

    उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै घिसिङले पुस १४ मा सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भएको बताउदै एकतर्फी रूपमा रास्वपाले सहमति भंग गरेको आरा्ेप पनि लगाए ।

    ‘छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो । समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ’ घिसिङले भने ‘आज अन्तिम दिनमा एकतर्फी रुपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो । एकतर्फी रुपमा सहमति भंग भएको उहाँले मलाई जानकारी गर्नुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।’

    घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको बताए । पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उनको भनाइ छ ।

    संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताए ।

  • २६ पुष २०८२, शनिबार २१:१२ प्रकाशित