उम्मेदवारी मनोनयन गर्न जाँदा तडकभडक गर्नेलाई कारवाही हुने
  • जरूवाखबर

  • काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचनकालागि मंगलबार  हुने उम्मेदवारी मनोनयन गर्न जाँदा तडकभडक गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

    भण्डारीले तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । आचारसंहीता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिदै उनले निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे।

    प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन की भन्ने शंका नगर्न पनि आग्रह गरे ।

     

  • ६ माघ २०८२, सोमबार २३:२६ प्रकाशित