काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने तयारी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गठन भएको आयोग खारेज गर्ने तयारी गरेको हो।
अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णय गर्दै सरकारले भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए।
गत कार्तिक महिनामा मात्रै सरकारले हरिप्रसाद रिजाल अध्यक्ष रहेको आयोग गठन गरेको थियो।






