शुक्रबारबाट एटिएम कारोबार सीमा घट्यो

प्रतिकारोबार २० हजार रुपैयाँ मात्र, प्रतिदिन ५० हजार मात्र कारोबार गर्न सकिने

  • जरूवाखबर

  • पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबारबाट लागु हुने गरी एटिएमको कारोबार सीमा घटाएको छ ।

    नगद कारोबारलाई निरुत्साहित र विद्युतीय अर्थात अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कारोबार सीमा घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

    नयाँ व्यवस्थाअनुसार अब एटिएमबाट पैसा झिक्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्र निकाल्न सकिने छ ।

    यसअघि एटिएमबाट प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो ।

     

  • २४ आश्विन २०८२, शुक्रबार २१:०७ प्रकाशित