आज हरिबोधनी एकादशी, देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै

Screenshot

  • जरूवाखबर

  • पोखरा । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । 

    भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदङ्ग आदि वाद्यका मांगालिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।

    विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ।

    हरिबोधनी (ठूली) एकादशीमा घर आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेता, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग विवाह सम्पन्न गरिन्छ।

    यो दिन व्रत बस्ने र अन्न खान नहुने परम्पराअनुसार पिडाँलु, सखरखण्ड र तरुलका परिकार खाने प्रचलन रहेको छ ।  यस व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

     

  • १६ कार्तिक २०८२, शनिबार १४:०२ प्रकाशित