रास्वपा सभापति रवि लामिछाने रिहा

३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझाए

  • जरूवाखबर

  • पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार रिहा भएका छन् ।

    नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार रुपन्देही पुगी कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । 

    जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

    बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न रुपन्देही पुगेका थिए ।

    तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

    यसैबीच रिहा पछि बोल्दै सभापति लामिछानेले आफूमाथि अन्याय भएको र सोको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । 

  • ४ पुष २०८२, शुक्रबार १९:११ प्रकाशित