पोखरा । नेपाल विद्युत् प्राधिकरणले पोखराको कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मतका लागि चार दिनसम्म बिजुली लाइन काट्ने भएको छ।
पुस १८ गतेदेखि २० गतेसम्म दैनिक बिहान ६ः३० बजेदेखि १० बजेसम्म लाइन काटिने भएको हो ।
प्राधिकरण पोखरा ग्रिड महाशाखा प्रमुख रोशन खड्काका अनुसार यो अवधिमा कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरू बन्द हुने भएकाले पोखराका कुनै पनि क्षेत्रमा बिजुली आउनेछैन । मर्मत कार्य सकिएपछि मात्रै नियमित बिजुली आपूर्ति सुचारु गरिने खड्काले जानकारी दिए ।






