काठमाडौँ । काठमांडौको सडकमा हिडिरहेका एक पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौंको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेका हुन् ।
कुटपिट गर्ने व्यक्ति पारस बम रहेको र पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।






