धादिङ । पोखराबाट काठमांडौतर्फ जादै गरेको यात्रुबाहक बस सोमबार बिहान त्रिशुली नदीमा खसिदा १७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार करिब १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं जादै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो ।
भट्टका अनुसार दुर्घटनामा १७ जनाको मृत्यू र २४ जना घाईते भएका छन् । घाईतेहरुको उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तैनेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको छ।
मृतकको सनाखत भने हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको प्रहरीको भनाई छ।






