धादिङ । पोखराबाट काठमांडौतर्फ जादै गरेको यात्रुबाहक बस सोमबार बिहान त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन्।
मृत्यू हुनेमा ६ जना महिला र ११ पुरुष रहेकोमा ३ जना विदेशी नागरिक रहेको बताईएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले गएराति धादिङमा भएको बस दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये ३ जना विदेशी नागरिक रहेको जानकारी दिए। यद्यपी मृतक कुन देशका नागरिक हुन् भन्ने खुल्न बाँकी रहेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता भट्टका अनुसार करिब १स्३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं जादै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो ।
घाईतेहरुको उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको छ।
मृतकको सनाखत भने हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको प्रहरीको भनाई छ।






