कास्कीमा आज राती १२ बजेदेखि रक्सी पिउन र बिक्रि वितरणमा रोक
  • जरूवाखबर

  • पोखरा । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो ।

    आजदेखि बन्द भएको कारोबार निर्माणको अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म कायम राख्न भनिएको छ ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ ।

    प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

    निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।

    सूचना विपरित गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार २१:२२ प्रकाशित