विविध कार्यक्रमका साथ ४४औ मगर एकता दिवस सम्पन्न
  • जरूवाखबर

  • पोखरा ।फागुन १५ गते मुलुकभर ४४औँ मगर एकता दिवस विविध कार्यक्रमका साथ मनाईएको छ ।

    मगर समुदायले मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

    पोखरामा पनि विविध कार्यक्रम साथ मगर एकता दिवस मनाईएको छ ।

    विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने गरिन्छ ।  

    २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउदै आएका छन् ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार ४९८ रहेको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार २०:०१ प्रकाशित