यूएईमा ईरानको आक्रमणबाट एक नेपालीको मृत्यु
  • जरूवाखबर

  • आबुधाबी । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

    मन्त्रालयका अनुसार यस आक्रमणमा हालसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनसँग यूएईको वायुसेना र वायु रक्षा प्रणालीले सामना गरेको जनाएको छ ।

    गल्फ न्यूजका अनुसार यी घटनामा तीन जनाको मृत्यु भएको छ, जहाँ एक नेपालीको पनि मृत्यु भएको उल्लेख छ । यद्यपि मृतक नेपालीको परिचय भने खुलाइएको छैन । मृत्यु हुनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी भएको समाचारमा उल्लेख छ । 

    साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएको उल्लेख छ ।

  • १७ फाल्गुन २०८२, आईतवार २०:०२ प्रकाशित