स्याङजा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत स्याङजा जिल्लाको २ वटा निर्वाचन क्षेत्रमा कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८८६ मतदाता छन् । जसमध्ये ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र १ अन्य मतदाता रहेका छन् । उक्त क्षेत्रमा १०८ मतदान स्थल र १७१ मतदान केन्द्र तोकिएका छन् । जसमा अस्थायी मतदान केन्द्रको रूपमा जिल्ला कारागार राखिएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् । यसमध्ये ५७ हजार ६८९ पुरुष, ६० हजार २४१ महिला छन् भने अन्य लिङ्गका मतदाता शून्य रहेका छन् ।
सो क्षेत्रमा ९१ मतदान स्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
दुवै निर्वाचन क्षेत्र गरी कुल पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला १ लाख ६२ हजार ३५१ र अन्य १ जना रहेका छन् । समग्रमा १९९ मतदान स्थल र ३२२ मतदान केन्द्रमार्फत मतदान प्रक्रिया सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय स्याङजाले जनाएको छ ।






