पोखरा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा ईभी गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
१५ भारतीय नागरिक सवार सो गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनाको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
राती करिब ८ बजेको समयमा गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको थियो । पानी परिरहेको र बाटो ओरालो भएकोले पनि ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।






