आज ईद पर्व, इस्लाम धर्मावलम्बीहरुद्धारा विशेष रुपमा मनाईदै
  • जरूवाखबर

  • पोखरा । आज ईद पर्व, इस्लाम धर्मावलम्बीहरुद्धारा ईद-उल-फित्र मनाउँदै छन्।

    इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा पनि यो पर्व विशेष रूपमा मनाइने विश्वास गरिन्छ।

    पवित्र रमजान महिनाभर रोजा ९उपवास० बसेपछि चन्द्रमा देखिएसँगै ईदको पर्व मनाउने परम्परा रहेको छ।

    कास्की लगायत नेपालका मुस्लिम समुदायले उल्लासका साथ ईद मनाएका छन् भने मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ।

    ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाब बिर्सेर एक अर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्छन्।

    ३० दिनसम्मको उपासनापछि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै मिठाई साटासाट गर्ने, उपहार दिने र प्रेम बाँड्ने चलन रहेको छ।

     

  • ७ चैत्र २०८२, शनिबार १२:३८ प्रकाशित