पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रका ८ जना स्पा एण्ड व्यूटिपार्लर सञ्चालकलाई पक्राउ गरेको छ ।
मापदण्ड विपरित स्पा तथा व्यूटिपार्लर सञ्चालन गर्नुका साथै उमेर नपुगेका बालिकाहरुलाई काम लगाएको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्पा सेन्टरमा बालबालिकाहरुलाई काममा लगाएको भन्ने सुचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले लेकसाईडका विभिन्न स्पा अनुगमन गरेको प्रहरी नायव उपरिक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी १० घर भई हाल पोखरा वडा ६ लेकसाइड बस्ने ४७ वर्षका होम बहादुर बुढाथोकी, पोखरा ११ घर भई लेकसाइड बस्ने २४ वर्षकी जोनिसा श्रेष्ठ सुनार, चितवन भरतपुर ६ का गितानगर घर भई लेकसाइड बस्ने २३ वर्षकी शर्मिला परियार, स्याङ्जा फेदीखोला ४ घर भई लेकसाइड बस्ने ४२ वर्षका सुरेश विक, गोरखा गण्डकी गाउँ पालिका ८ घर भई लेकसाइड बस्ने २७ वर्षका जीवन श्रेष्ठ पक्राउ परेका छन् ।
पक्राउ प्रश्चात उनीहरुलाई कानून बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बस्नेतले जानकारी दिए ।
स्पा सेन्टरहरुमा कार्यरत नबालिका कामदारहरुलाई उद्दार गरी शक्ति समूहमा पठाइएको र अन्य उमेर पुगेका कामदारहरुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।







