रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
  • जरूवाखबर

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

    आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो । यस्तै बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ वटा एजेण्डा तय गरेको छ।

  • ६ बैशाख २०८३, आईतवार १७:१० प्रकाशित