एकल महिला समूह गण्डकी अध्यक्षमा मिना अधिकारी निर्विरोध निर्वाचित
  • जरूवाखबर

  • पोखरा १२ वैशाख। मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मीना अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन्।

    अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ ।
    उपाध्यक्षमा अमृता सिग्देल ‘नवलपरासी’, सचिवमा जुना केसी ‘कास्की’, कोषाध्यक्षमा कल्पना अधिकारी ‘लमजुङ’ र सहसचिवमा सीता कैनी ‘तनहुँ’ तथा सदस्यहरुमा सदस्यहरूमा अजिता शर्मा, सरिता थापा, खडककुमारी खड्का, देवी केसी, माया गुरुङ र लक्ष्मी थकाली निर्वाचित भएका छन् ।

    अधिवेशनमा सचिव मीना अधिकारीले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२र०८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सीता कैनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

    नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवम् संस्थाकी संस्थापक अध्यक्ष डा. लिली थापा, केन्द्रीय अध्यक्ष शोभा बिसी र गण्डकी प्रदेश संस्थापक अध्यक्ष दुर्गा न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    समानतालाई अगाडि बढाउँदैु भन्ने नारासहित २०५२ सालमा समुहको स्थापना गरिएको हो ।

  • १२ बैशाख २०८३, शनिबार १८:३३ प्रकाशित