काठमाडौं,१२ वैशाख । शनिबार बिहानदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती खाली गराउन थालेको नेपाल सरकारले वास्तविक सुकुमबासी पहिचानको कार्य भोली आइतबारदेखि सुरु गरिने भएको छ।
शनिबार हटाईएकाहरु वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाटै सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको बताईएको छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने व्यवस्था गरेको छ ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दा भिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। ।






