राष्ट्रिय सभा: कांग्रेसको दलको नेताबाट सिटौला आउट, कमला पन्त ईन
  • जरूवाखबर

  • काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ । उनको ठाउँमा सांसद कमला पन्तलाई दलको नेता बनाइएको छ ।

    सिटौलालाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्म आङ्देम्बेले बुधबार हटाएका हुन् । दलको विधानअनुसार प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभाको संसदीय दलको नेता गर्न र हटाउन सक्ने अधिकार छ ।

    आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १२ ९२० बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् । पार्टीभित्रको एकताका लागि सिटौला मुख्य बाधक बन्दै आएको निष्कर्ष समेत संस्थापनपक्षीय नेताहरूले लगाउँदै आएका थिए । सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।

    त्यसैगरी आङ्देम्बेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेकप्रताप साहलाई मनोनयन गरेका छन् । बुधबार नै उनले दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेका छन् ।

     

  • १६ बैशाख २०८३, बुधबार १३:१९ प्रकाशित