पोखरा-१९ गैरीखोरमा जुवातास खेल्दै गरेका ४ जना पक्राउ
  • जरूवाखबर

  • पोखरा, १८ बैशाख । पोखरा महानगरपालिका–१९ गैरीखोर क्षेत्रमा जुवातास खेल्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    बुधबार साझँ जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा सीआरभी लामाचौर कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ परेकाहरूबाट नगद ४२ हजार २०५ रुपैयाँ र ५ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।

  • १८ बैशाख २०८३, शुक्रबार २०:५४ प्रकाशित