काठमाडौं, २२ वैशाख। सरकारले ल्याएको अध्यादेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ६ सार्वजनिक निकायका पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।
मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का आधारमा अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जनाएको हो ।
मन्त्रालयका अनुसार गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीहरू हटाइएका हुन् ।
यस निर्णयसँगै सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन् ।








