हावाहुरीले फेवातालमा डुंगा पल्टियो
  • जरूवाखबर

  • पोखरा, २३ वैशाख । बुधबार दिउँसो एक्कासी चलेको हावाहुरीका कारण पोखराको फेवातालमा डुंगा पल्टिएको छ । अचानक आएको हावाहुरी र छालका कारण कायक डुंगा  पल्टिएको हो ।

    तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको उक्त एकल कायक बोट पल्टिए थियो । 

    पल्टिएर अलपत्र परेका ठकुरीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

    दुर्घटना बारे खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २३ बैशाख २०८३, बुधबार १८:२८ प्रकाशित