निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीको चर्को मूल्यवृद्धिविरुद्ध भोलि धर्ना दिने
  • जरूवाखबर

  • पोखरा, ३० वैशाख । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी संघ कास्कीले विहीबार पोखरामा धर्ना कार्यक्रम गर्ने भएको छ।

    इन्धनलगायतका निर्माण सामग्रीहरुमा भएको चर्को मूल्यवृद्धि, बैंक ग्यारेण्टी, ईन्स्योरेन्स तथा थप क्षतिपूर्ति सहित सबै आयोजनाहरुको आवश्यक म्याद थप र बजेट व्यवस्थापन लगायतका मागहरुसहित मूल्य नियन्त्रणमा दबाब दिन धर्ना तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको संघले जनाएको छ ।

    निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले कास्की सहित मुलुकभर निर्माणका आयोजनाहरू प्रभावित भईरहेको बेला कास्की शाखाको धर्ना र ज्ञापनपत्रले थप दबाब दिने अपेक्षा गरिएको कास्की अध्यक्ष लीलकाजी गुरुङको भनाई छ ।

    यसअघि पनि संघले अध्यक्ष गुरुङको संयोजकत्वमा दर रेट पुनरावलोकन गरी नयाँ दररेट कायम गर्न माग, निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएकाले तत्काल राहत दिन, चर्को मूल्यवृद्धिले सिङ्गो निर्माण उद्योगमा नै असर परेको र उक्त मूल्यवृद्धिको कारण निर्माण व्यवसायीहरुले मूल्य समायोजन नभएमा निर्माण कार्य सम्पन्न गर्न नसकिने लगायतका मागसहित प्रमुख जिल्ला अधिकारी शर्मासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

  • ३० बैशाख २०८३, बुधबार २१:१७ प्रकाशित