पोखरा, १० जेठ । बिहान मर्निङवाकमा जाने एक टोलीले पोखराको लभली डाँडामा करिब दश बोरा फोहोर संकलन गरेकाछन् । पोखरा वडा नं ५ र १८ को सिमानामा पर्ने सो डाँडाको फोहोर मर्निङवाककाक्रममा योग प्रशिक्षक गंगाराज सुवेदी र मोती भुजेलको संयुक्त पहलमा संकलन गरिएको हो ।
डाँडाभरी छरिएर रहेका चाउचाउ, चिप्स, कुरकुरे, पानी, बियर र रक्सीका खाली बोत्तलहरु सफा गरिएको योग प्रशिक्षक एवम् युवा व्यवसायी मोती भूजेलले जरुवाखबरलाई जानकारी दिए । ‘हामीले १० बोरा बराबरको फोहोर संकलन गर्यौं’ भूजेलले भने ।
पोखरा शहरबाट नजिक र डाँडामा गएर शहर नियाल्नका लागि रमणीय तथा शान्त स्थान भएकोले पनि सो डाँडामा समय व्यतित गर्न हरेक उमेर समुहकाहरु पुग्ने गर्दछन् । जाँदा फस्टफुड बोकेर जाने र खाईसकेपछि जथाभावि फालेर फर्किने भएकाले उक्त डाँडामा फोहोरको मात्रा दिनहुँ बढ्न थालेको स्थानीय प्रकाश अर्याल बताउँछन् ।
डाँडालाई स्वच्छ र सफा राख्न दैनिक मर्निङवाकमा जानेहरुलाई फोहोर संकलन गरिदिनकालागि योग प्रशिक्षक भूजेलले आग्रह गरेका छन् ।
फोहोर संकलन कार्यमा यमुना सुवेदी, ऋगवानी सुवेदी, रियान सुवेदी, हिरा आचार्य, माधव प्रसाद अधिकारी, नारायण गुरुङ, गोविन्द के.सी., बिष्णु बरुवाल, घनश्याम अधिकारी, सुर्य बहादुर बरुवाल, विजया अधिकारी, जमुना पराजुली, मन्जु भुजेल, गीता पोखरेल, कोपीला खत्री, भुमा खड्का, सीता भूत्र्याल, लक्ष्मी अधिकारी, प्रिया पुन, लक्ष्मी पुन, विक्रम सेन्चुरी, यूकेश पुर्जा, आनन्द प्रसाद साह, शोभा सुवेदी, श्रीकान्त शर्मा र महेन्द्र सुवेदी लगायत सहभागि थिए ।






