पत्रकार भुपाल गुरुङलाई ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ प्रदान गरिने
  • जरूवाखबर

  • पोखरा, १७ जेठ । पोखरामा रहेर पत्रकारिता गर्दै आईरहेका पत्रकार भूपाल गुरुङलाई ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार- २०८३’ प्रदान गरिने भएको छ।

    नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव रहेका पत्रकार गुरुङलाई प्रतिभा छनोट समितिको सिफारिसका आधारमा  उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। पुरस्कारको राशि २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ।

    आगामी जेठ २० गते घान्द्रुक मा आयोजना हुने अन्नपूर्ण म्याराथनको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ।

    वि. सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन्।

  • १७ जेष्ठ २०८३, आईतवार २२:०५ प्रकाशित