राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली
  • जरूवाखबर

  • पोखरा, २० जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गोपाल बराइली निर्वाचित भएका छन् ।

    संघको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल, खुल्ला उपाध्यक्षमा विनोद परियार, महिला उपाध्यक्षमा सावित्री रसाइली निर्वाचित भएका छन् ।

    प्रदेशगत रुपमा उपाध्यक्षमा लुम्बिनीबाट मानसिंह बिक, उपत्यबाट सुशील दर्नाल, गण्डकीबाट नरभूपाल बिक मिलन, मधेशबाट भोला पासवान, कर्णालीबाट टेकेन्द्र बिश्वकर्मा, सुदुरपश्चिमबाट प्रेमबहादुर बिक, भिम बहादुर गन्दर्भ र कोशीबाट सरिता बराइली निर्वाचित भएका छन् ।

    यसैगरी महासचिवमा करण ताम्राकार, सचिवमा राजेश कुमार पासवान, सुनिता नेपाली, बसन्त विश्वकर्मा, चिन्ता परियार र कोषाध्यक्षमा सञ्जय सौगातका साथै सदस्यहरुमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिष बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना बिश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार, पिवि दियाली निर्वाचित भएका छन् ।

    ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराईलीले जनाएका छन् ।

  • २० जेष्ठ २०८३, बुधबार २३:३१ प्रकाशित