रास्वपा कास्की अध्यक्षमा यदुनाथ अधिकारी निर्वाचित
  • जरूवाखबर

  • पोखरा, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको पहिलो अधिवेसनबाट सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् ।

    अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन  ।सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए ।

    उपसभापतिमा चिनबहादुर गुरुङ र सचिवमा सुजन बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पछि मनोनीत गर्ने जनाईएको छ ।

    जिल्ला कमिटीमा १० सदस्यमध्ये केही सदस्य निर्विरोध हुँदा ४ जनाका लागि मतदान नै भएको थियो । १० जना उम्मेदवार थिए ।

  • २३ जेष्ठ २०८३, शनिबार २०:४२ प्रकाशित