बौद्धिक अपांग यात्रु छाडेर हिडेको बसलाई कारवाही
  • जरूवाखबर

  • पोखरा, २५ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीले बौद्धिक अपांगता भएका व्यक्तिलाई बस नरोकेको भन्दै एक सार्वजनिक सवारी साधन ‘बस’ लाई कारवाही गरेको छ । प्रहरीले पोखरा महानगरभित्र चल्ने ग २ ख २२५५ नम्बरको सार्वजनिक यातायातको बसलाई कारवाही गरेको हो ।

    २३ गते पोखरा महानगरपालिका वडा नं ३२ लेखनाथ स्थित एक बौद्धिक अपांगता भएका व्यक्तिले आफुले बस रोक्दा बसले आफ्नो अपांगता देखेर नरोकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणकालागि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । सोही भिडियोलाई आधार बनाई प्रहरीले उक्त सार्वजनिक बसको खोजतलास गरेको थियो ।

    खोजतलास पश्चात बसलाई नियन्त्रणमा लिई ट्राफिक जरिवाना गराई आवश्यक कारवाहीका लागि जिल्ला ट्राफिक कार्यालयमा पठाईएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

    उक्त बौद्धिक अपांगता भएका व्यक्तिले सांकेतिक भाषामा भिडियो पोष्ट गर्दै लेखेका थिए – ‘म बहिरा अपाङ्गता भएको व्यक्ति हुँ। आज लेखनाथमा सार्वजनिक बस चढेर आफ्नो गन्तव्यतर्फ जान खोज्दा मैले बस रोक्न संकेत गरेँ। तर चालकले मेरो अपाङ्गता देखेर बस नरोकि हुइकियो । यो घटनाले मलाई निकै दुःखी र निराश बनायोरु के म यो देशको नागरिक होइनरु के मलाई सार्वजनिक यातायात प्रयोग गर्ने अधिकार छैन, अपाङ्ग व्यक्तिका अधिकारसम्बन्धी महासन्धि (CRPD) र नेपालको अपाङ्गता अधिकार ऐनले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा किन कार्यान्वयन हुँदैनन्, सार्वजनिक यातायात सबै नागरिकका लागि समान, सम्मान अधिकार हुनेछ । सम्बन्धित निकायको ध्यान जाओस ।’

  • २४ जेष्ठ २०८३, आईतवार २१:४८ प्रकाशित