पोखरा, २७ जेठ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार मनकामना माध्यमिक विधालय स्याङ्जामा विधालय झोला वितरण गरेको छ ।
बैंकले पुतलीबजार नगरपालिका वडा न १२ मा रहेको मनकामना मा. वि. मा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको हो ।
बैंकका सञ्चालक समिति सदस्य भरतप्रसाद लम्सालको विशेष उपस्थितिमा विद्यालय झोला वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै लम्सालले आफ्नै पालिकाभित्रका विद्यार्थीलाई सहयोग गर्न पाएको खुशी व्यक्त गरे । विद्यालयमा रहेको विद्यार्थी संख्याप्रति इंकित गर्दै लम्सालले विद्यार्थीसंख्या बढाउन गम्भीर हुनुपर्ने बताए । ‘विद्यालयमा विद्यार्थी संख्या कम छ, यसको कारण जनसंख्या वृद्धिदर कम हुदै जानु र बसाईसराई नरोकिनु हो’ उनले भने ‘विकास र सुविधाबाट भरिपूर्ण गाउँमा शहरतिर बसाईसराई हैन अब गाँउ फर्किने वातावरण सिर्जना गर्नुपर्छ, आफ्नै गाउँ फर्किनु पर्छ ।’ उनले गाउँकै विद्यालयमा गुणात्मक शिक्षा पाउने वातावरण भईसकेको अवस्थामा सन्तानलाई शिक्षा दिनकै लागि भनेर शहर नपस्न सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा विधालयका प्रधनाध्यापक नारायण अर्याल, विधालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र शर्मा, वडा नं १२ का वडाध्यक्ष एवम् विधालय व्यवस्थापन समिति सदस्य गञ्जसिंह गुरुङ लगायतले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए । सहभागीहरुले यस्तो कार्यक्रमले विधार्थीलाई मात्र नभई अभिभावकलाई पनि प्रेरित गरेको बताएका थिए । बैंकको सामाजिक र विधार्थीसंग जोडिने यस्तो कार्यक्रम आउँदा दिनहरुमा प्राप्त हुने विश्वास विधालयले लिएको छ ।
मुलकको ७७ वटै जिल्लामा शाखा रहेको बैंकले आफ्नो स्थापनाकालको दुई दशक पार गरेको अवसरमा सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासंग जोड्दै विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।













