पूर्व बैंकर रेशमबहादुर थापाको कार दुर्घटनामा निधन
  • जरूवाखबर

  • पोखरा, २८ जेठ । पोखराका पूर्व बैंकर रेशम बहादुर थापाको कार दुर्घटनामा परी निधन भएको छ । बिहीबार बेगनास–भोर्लेटार सडकखण्डको पचभैयामा कार दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    बेगनास भोर्लेटार सडकखण्ड हुँदै पोखरा आउने क्रममा थापा स्वर्यले चलाएको बा १३ च ४२०९ नम्बरको कार बिहीबार बेलुका ६ बजेर २५ मिनेटमा पचैयामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते थापालाई तत्काल मोहरियास्थित सामुदायिक अस्पताल लगिएको थियो । थापालाई चिकित्सकले ७ बजेर १५ मिनेटमा मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दिए।

    दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको रहेको छ । डिएसपी पासवानका अनुसार कारमा अरु सवार नरहेको प्रारम्भिक जानकारी छ।

    थापा पोखराको गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

  • २८ जेष्ठ २०८३, बिहीबार २१:१३ प्रकाशित