पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड २५ लाख बजेट
  • जरूवाखबर

  • पोखरा, ५ असार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७ अर्ब १५ करोड २५ लाख बजेट प्रस्तुत गरेको छ । १९ औँ नगर सभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि रु.७ अर्ब १५ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

    विनियोजित बजेटमध्ये करिब ४५ प्रतिशत चालू र ५५ प्रतिशत पुँजीगत शीर्षकमा छुट्याइएको छ ।

    पूरा बजेटमध्ये संघ सरकारले सशर्त अनुदानमा २ अर्ब ६१ करोड, विशेष अनुदान ५ करोड ५० लाख, समपुरकमा १ करोड ८२ लाख र समानीकरण अनुदानबाट ४९ करोड ३७ लाख प्राप्त गर्ने अनुमान छ । यस्तै, वित्तीय हस्तान्तरणको ३ अर्ब १८ करोड बजेट पोखराले प्राप्त गर्ने छ ।

    प्रदेश सरकारबाट समपुरकमा ६० लाख, विशेषमा ४० लाख, समानीकरणमा ८ करोड १५ लाख र वित्तीय हस्तान्तरण शीर्षकमा ९ करोड १५ लाख प्राप्त गर्ने महानगरको अनुमान छ ।

    यसबाहेक संघ सरकारबाट राजस्व बाँडफाँटमा ३४ करोड ३४ लाख र प्रदेशबाट ४ करोड ९ लाख पाउने प्रक्षेपण गरिएको छ । स्थानीय सरकार तर्फको राजस्व बाँडफाँटमा १ अर्ब ३१ लाख र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख उठाउने अनुमान गरिएको छ ।

    प्रस्तावित बजेटबाट ७२ करोड ४० लाख रुपैयाँ वडा कार्यालयबाट कार्यान्वयन हुने योजनामा छुट्याइएको छ ।

  • ५ असार २०८३, शुक्रबार २०:०६ प्रकाशित