महानगरद्धारा बाँस्तोला कम्प्लेक्समा डोजर, ३२० सटरहरु हटाईयो
  • जरूवाखबर

  • पोखरा, ६ असार । पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्क क्षेत्रभित्र रहेको बाँस्तोला कम्प्लेक्स हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरद्धारा शनिबार कम्प्लेक्समा रहेका ३ सय २० वटा सटरहरु हटाइएको हो ।

    महानगरले बाँस्तोला कम्प्लेक्सलाई शुक्रबारसम्मको म्याद दिएकोमा म्याद सकिएपछि महानगरले शनिबार सो क्षेत्रमा डोजर लगाएको हो । अधिकांशले दिएको समयसीमाभित्र आफ्नो सामान व्यवस्थापन गर्नुका साथै सटरहरु खाली गरीसकेका थिए ।

    खाली गरीसकेका संरचनाहरुमा डोजर लगाएर हटाउने काम गरिएको पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।

    बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको नगर प्रमुख धनराज आचार्यले बताए । बसपार्कका लागि अधिग्रहण गरिएको सबैक्षेत्रमा बसपार्क बनाउने गरी सुकुमबासी व्यवस्थापन लगायतमा महानगरपालिका प्रतिवृद्धताका साथ लागिरहेको छ ।

  • ६ असार २०८३, शनिबार २१:५५ प्रकाशित