चितवन १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’को मतदान लम्बिने भएको छ । ९९ जना केन्द्रीय सदस्य पदको लागि बिहान ९ बजेदेखि हुने भनिएको मतदानमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट निकाल्न नसकेपछि मतदान लम्बिने भएको हो ।
खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।
मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने उनले जानकारी दिए । ९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ । मतदानमा झन्डै ४५ सयको हाराहारीमा छ । यदि सबैले मतदान गरे भए कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने पाण्डेले बताए । आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको । प्रवासका लागि एपबाट हुनेछ ।
पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ । रास्वपामा १९ पदाधिकारी र १५१ सदस्य केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ । मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको बताईएको छ ।
यसैबीच सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । ७ असार २०७९ मा घोषणा गरिएको रास्वपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए । प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापतिसँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए । रास्वपा सभापतिका लागि १ प्रस्तावक र ५१ समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो ।






