न्यूरोडको रुख काटेका थापालाई १५ हजार जरीवाना
  • जरूवाखबर

  • पोखरा, १९ असार । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रको रुख काटेको भन्दै भरत बहादुर थापालाई कारवाही गरेको छ । थापाले महानगरले रोपेको र हुर्किसकेको रुख काटेकोले कारवाही स्वरुप १५ हजार रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ । नगद जरीवानाका साथै आउँदा दिनहरुमा यस्ता हर्कत नगर्ने कबुलियत तथा प्रतिबद्धतासहित छाडिएको बताईएको छ ।

    ग्रीन पोखरा, क्लिन पोखरा अभियानका साथ पोखरा महानगरपालिकाले २ लाख २६ हजार बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ।

    महानगरको उक्त अभियान सफल रुपमा सम्पन्न गर्न रोपिएका रुख नकाट्न र नभाँचिदिन महानगरले नगरबासीसंग आग्रह गरेको छ ।

  • १९ असार २०८३, शुक्रबार २२:४० प्रकाशित