कास्कीका सिडिओ गुरुङद्वारा रातोपैर्हो क्षेत्रको स्थलगत अवलोकन 
  • जरूवाखबर

  • पोखरा, ३ साउन । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ कुमानसिंह गुरुङले पोखराको रातोपैर्हो क्षेत्रमा गएको सुख्खा पहिरोले गर्दा सेतीनदी थुनिएर झरना बनेको ठाँउमा स्थलगत अवलोकन गरेका छन् ।

    पोखरा महानगरपालिका वडा नं १५ र १७ मा पर्ने सो क्षेत्रको सिडिओ गुरुङ सहित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिहरूले अवलोकन गरेका हुन् ।

    अविरल वर्षाका कारण दुई दिनदेखि सेती नदी थुनिएर करिब ५० मिटर माथिबाट पानीको बहाब खस्दै झरना बनेपछि स्थानीय त्रसित भएका छन् । निम्तिन सक्ने दुर्घटना र आवश्यक व्यवस्थापनाका लागि स्थानीय प्रशासनले विशेष अध्ययनसहित छिट्टै व्यवस्थापन गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

  • ३ श्रावण २०८३, आईतवार १३:०२ प्रकाशित