पोखरा, ८ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा अवैध रुपमा माटो निकाली रहेका एक स्काभेटर र ३ वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा माटो लोड गर्दै गरेको अवस्थामा स्काभेटर र टिप्पर नियन्त्रणमा लिईएको हो ।
ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६, बा १ क ८१७७ र लु १ ख २९२० नम्बरको तीनवटा टिप्पर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका स्कभेटर र टिप्परलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिका पठाईएकोमा सो कार्यालयबाट ७५ हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।







