जापानको कुमामोटोमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
  • जरूवाखबर

  • टोकियो । जापानको क्युसु टापुस्थित कुमामोटो प्रान्तमा स्थानीय समयअनुसार दिउँसो ४.२७ बजे ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण ठूलो धनजनको क्षति भएको आशंका गरिएको छ भने उद्धार तथा राहत कार्य तिब्र पारिएको छ ।

    प्राप्त विवरणअनुसार कुमामोटो क्षेत्रको एक ठूलो सपिङ सेन्टर ‘सपिङ मल’ को दोस्रो तला भत्किएर क्षतिग्रस्त भएको छ ।अग्निनियन्त्रकहरूका अनुसार मलको भग्नावशेषमा धेरै मानिसहरू फसेका छन् । प्रारम्भिक रिपोर्टहरूमा २० देखि ३० जनासम्म मलका कर्मचारीहरू बेपत्ता हुन सक्ने जनाइएको छ । तर, यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

    कुमामोटो प्रान्तकै यात्सुशिरो सिटीस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी ढल्दा केही व्यक्तिहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र दमकल टोलीले घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य गरिरहेका छन् ।

    भूकम्पका कारण सडकहरू क्षतिग्रस्त भएका छन् । एउटा पदमार्ग भत्किएको छ र हजारौं घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मुख्य भूकम्प गएपछि ६१ वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएका छन् । एजेन्सी

  • १२ श्रावण २०८३, मंगलवार २१:१७ प्रकाशित