पोखरा, २४ साउन । जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले पोखरामा सवारी साधनको प्रदूषण जाँचलाइ निरन्तरता दिएको छ । आइतबार पोखराको न्यूरोड क्षेत्रमा सवारी साधनको प्रदुषण परीक्षणका क्रममा जाँच गरिएका सवारीसाधनमध्ये बढी धुवाँ उत्सर्जन गर्ने १५ सवारीसाधनलाई कारवाही समेत गरिएको छ ।
विशेष उपकरणसहित सिटी बस तथा अन्य डिजेल इन्जिनबाट सञ्चालन हुने सवारीसाधनको प्रदुषण परीक्षणमा क्रममा जाँच गरिएका सवारीसाधनमध्ये बढी धुवाँ उत्सर्जन गर्ने १५ सवारीसाधनलाई कारवाही गरिएको हो ।
प्रदुषण परीक्षणमा असफल भएका सवारीसाधनलाई नियम अनुसार कारवाही गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ।
ट्राफिक प्रहरीले वायु प्रदुषण न्यूनीकरण, वातावरण संरक्षण तथा सडकमा सञ्चालन हुने सवारीसाधनलाई मापदण्डअनुसार सञ्चालन गराउने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सवारीधनी तथा चालकलाई समयमै सवारीसाधनको मर्मतसम्भार गरी प्रदुषण मापदण्ड पालना गर्न आग्रह सहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ ।






