मंगलबार ट्होटेँ पर्व: कास्कीका ३ स्थानीय तहमा सार्वजनिक बिदा
  • जरूवाखबर

  • पोखरा, २५ साउन । गुरुङ जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा कास्कीका तीनवटै गाउँपालिकामा मङ्गलबार स्थानीय बिदा दिएका छन् ।

    कास्कीका तीन स्थानीय तह अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाले ट्होटेँ पर्वको अवसरमा बिदा दिइएको हो ।

    गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाद्धारा सोमबार जारी सूचनामा उल्लेख छ ।

    यसैबीच स्थानीय तहले मंगलबारको बिदा बारे सूचना प्रकाशित गरी ट्होटेँ पर्वको अवसरमा शुभकामनासमेत दिएका छन् ।

    गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार पोखरामा झाँकी, र्याली सहित धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् ।

  • २५ श्रावण २०८३, सोमबार २१:३१ प्रकाशित